• होमपेज
  • प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक
Breaking News

प्रदीप ज्ञवाली सरकारको प्रवक्ता तोकिए, तत्काल सञ्चारमन्त्री नयाँ आउनेमा ब्रेक

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ता तोकिएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नयाँ प्रवक्ता तोकेको हो ।

अर्को मन्त्रालयका मन्त्रीलाई सरकारको प्रवक्ता तोकिएसँगै तत्काल सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्ति नहुने संकेत देखिएको छ । दशैंअघि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएकाले तत्काल सञ्चारमन्त्री अरु नआउने भएका हुन् ।

विज्ञापन

यदि मन्त्रीको जिम्मेवारी हेरफेर भएमा प्रदीप ज्ञवाली नै सञ्चारमन्त्री हुने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले साढे दुई वर्षमा तीन तीनजना प्रवक्ता तोकिसकेका छन् ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्री पद त्यागेपछि अर्थमन्त्रीडा.युवराज खतिवडा प्रवक्ता थिए । उनले पनि एक साताअघि राजीनामा दिएपछि प्रवक्ता कसैलाई तोकिएको थिएन । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईलाई प्रवक्ता दिने चर्चा थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook