• होमपेज
  • सरकारले देशभर लकडाउन नगर्ने
Breaking News

सरकारले देशभर लकडाउन नगर्ने

काठमाडौं, २२ साउन । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् ।

‘लकडाउनमात्र समस्या समाधानको उपाय होइन,’ मन्त्री डा. खतिवडाले सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘जोखिम हेरेर कहिले लकडाउन गर्ने त कहिले हटाउने विधि गर्दै जाने हो ।’ अहिलेको लागि सरकारले जोखिम हेरेर मात्र कदम चाल्ने बताए ।

विज्ञापन

मन्त्री खतिवडाले भने, ‘लकडाउन भइहाल्छ भनेर सन्त्रस्त हुनुपर्दैन । स्थानीय तहमा केही दिनका लागि जोखिम हेरेर मात्र हुन्छ ।’ उनले जोखिम हेरेर सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरे ।

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन हुने समेत बताए । सेवा सञ्चालन गर्न नसके आर्थिक रुपमा स्वास फेर्न नै कठिनाई हुने बताए । जोखिम बढेकाले सार्वजनिक सवारी सञ्चालन खुकुलो गर्ने, हवाई सेवा सञ्चालन गर्ने र विद्यालय तत्काल खोल्ने स्थिति नभएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook