• होमपेज
  • ‘ठोस सहमति’का लागि ओली–प्रचण्ड–झलनाथ बिहानै बालुवाटारमा
Breaking News

‘ठोस सहमति’का लागि ओली–प्रचण्ड–झलनाथ बिहानै बालुवाटारमा

आइतबारको बैठकमा कुनै सहमति नभएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेदेखि जारी छलफल महिनादिन भन्दा बढी समयदेखि पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।

विज्ञापन

‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘ विवाद समाधानका लागि ठोस सहमति गर्न प्रयत्न भैरहेको छ।’

आइतबार भएको छलफलमा ओली(प्रचण्ड दुवैले आआफ्ना अडान नछाडेपछि सहममति हुन सकेको थिएन।

स्थायी कमिटी बैठकबाट विवाद टुंगो लगाउने कि सचिवालयबाट भन्ने विषयमा कुरा नमिलेको हो। प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पदबाट राजीनामा दिन ओलीले अस्वीकार गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook