• होमपेज
  • ट्रम्पको दाबी, ‘अमेरिकामा मृत्यु दर सबैभन्दा कम’
अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी, ‘अमेरिकामा मृत्यु दर सबैभन्दा कम’

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या १ लाख ४० हजारभन्दा माथि गइसकेको छ ।

तर, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मृत्यु दरको यस्तो आँकडालाई खारेज गरिदिएका छन् ।

विज्ञापन

कोरोनाका कारण संसारभर मरेका ६ लाख मानिसमध्ये सबैभन्दा बढी अमेरिकाका रहेका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोनाका कारण बढी मानिसको मृत्यु भइरहेको मुलुकको सूचीमा अमेरिका सातौँ स्थानमा छ ।

तर, फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा सबैभन्दा कम मृत्युदर रहेको दाबी गरेका हुन् । उनका अनुसार बढीभन्दा बढी परीक्षण भइरहेकाले अमेरिकामा कोरोना संक्रमित धेरै देखिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook