• होमपेज
  • पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति कास्की काँग्रेसको ध्यानाकर्षण
गण्डकी प्रदेश

पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति कास्की काँग्रेसको ध्यानाकर्षण

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए ।
कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
टेण्डर सम्वन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारीमाथिको अभद्र व्यवहार बारे सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको छ ।
बैठकले ३८ औं वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षहरुमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै नेता गुरुङले पार्टीमा पु¥याएको योगदान अविश्मरणीय रहने जनाएको छ ।
बैककले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ स्थित खोराकोमुखमा पहिरोका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
बैठकले पीडित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन समेत माग गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook