• होमपेज
  • पर्वतको कुस्माका युबा श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा कारागार चलान
गण्डकी प्रदेश

पर्वतको कुस्माका युबा श्रीमतीलाई मर्न बाध्य बनाएको आरोपमा कारागार चलान

पर्वत,असार २९/श्रीमती आत्महत्या दुरुत्सहानको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

असार ५ गते गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई झुण्डीएर मर्न बाध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका थिए ।

विज्ञापन

जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर खड्काको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिनुभयो ।

मृतक कुँवरकी आमा गिता कुँवरले विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मानसिक यातना दिँदै आएका कारण नै छोरी झुण्डिएर मर्न बाध्य भएको आरोप लगाउनु भएको थियो । नेपाली सेनाको जागिरे रहेका ज्वाईले विवाहमा सुनको सिक्री नदिएको भन्दै पटक-पटक छोरीलाई यातना दिने गरेको गिताले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको निवेदनमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा १ अनुरुप कसुर भएको बताउँदै सोही दफाको २ नम्बर उप दफा बमोजिम कार्बाही माग दाबी गरिएको छ । ऐन अनुसार कसुर ठहरिएमा आरोपितलाई ५ बर्ष सम्म कैद र पचार हजार रुपैँया जरिवाना हुने ऐनमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook