• होमपेज
  • क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित
गण्डकी प्रदेश

क्‍वारेन्टाइन बसेका दम्पत्ती सुटुक्‍क घर, स्थानीय त्रसित

बागलुङ : जिल्लाको कालिमाटीमा क्वारेन्टाइनमा रहेका दुईजना भागेर घर गएका छन् । बागलुङ नगरपालिका ७ कालिमाटीमा भारतबाट आएका एक दम्पत्तीलाई स्थानीय वडाले तयार गरेको क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा खान बस्नको राम्रो व्यवस्थापन नभएपछि घर गएर बसेको बाबुराम परियारले बताए । भारतबाट आएका अधिकांशलाई कोरोना संक्रमण देखिएकाले क्वारेन्टाइनबाट भागेर गाउँमा गएपछि स्थानीय भने आतंकित भएका छन् ।

विज्ञापन

‘हामी भारतबाट आएर बसेको तीन दिन भयो, वडाले खाना दिएन, पानी पनि दिएन, खानाको लागि चामल र टमाटर दिएको थियो।त्यो केमा पकाएर खाने ? रोगले भन्दा भोकले मरिएला जस्तो भयो,’ परियारले भने, ‘हामी बस्ने सुत्ने ठाउँमा पानी भरिएर हिलो भएको छ, त्यस्ता ठाउँमा कसरी बस्ने, त्यही भएर हामी घर आएर बसेका छौँ ।’ क्वारेन्टाइनबाट कसैलाई नभनी घर आए पनि सुरक्षित रुपमा सजगता अपनाएर बसिरहेको उनले दावी गरे ।

बागलुङ नगरपालिका ७ का वडाअध्यक्ष खगराज पाण्डेले भारतबाट आएर क्वारेन्टाइनमा राखिएको भोलिपल्ट राति ठूलो पानी परेपछि भागेर गएको बताए । ‘हामीले क्वारेन्टाइनमा खाने बस्नेको व्यवस्था गरेकै थियौं, अनावश्यक रुपमा अतिरञ्जना गरिएको छ, ऊ भागेर घर गएपछि छिमेकीबाट मलाई खबर आयो,मैले प्रहरीलाई जानकारी गराएको छु,’ अध्यक्ष पाण्डेले भने, ‘प्रहरी आएर बजारको क्वारेन्टाइनमा लैजान खोज्दा पनि मानिरहेको छैन, अहिले फकाएर बजार पठाउने भनेका छौँ ।’

क्वारेन्टाइन व्यवस्थापनका लागि भन्दै केही दिन अगाडि नगरपालिकाबाट ५० हजार रुपैयाँ समेत वडाले लगेको थियो । क्वारेन्टाइन व्यवस्थापन भनेर पैसा लगे पनि विदेशबाट आएका नागरिक अव्यवस्थित भएको भन्दै भागेपछि स्थानीयले जनप्रतिनिधिप्रति पनि प्रश्न उठाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook