• होमपेज
  • पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा
गण्डकी प्रदेश

पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

पर्वत ,असार २७ / गएको बिहीवार रातीदेखि परेको अविरल वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ ।
पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पुणर् रुपमा डुवानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिनुभएको छ ।
शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरु समेत विस्थापित बनेका छन् । प्रबित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगाएतका सवै संरचना डुवाएको छ पराजुलीले भन्नुभयो ।

शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पुणर् रुपमा क्षति पुगेको उहाँले बताउनुभयो । यता पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका छन् ।
कतिवेला घरसम्मै आएर डुवाउनेहो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले जानकारी दिनुभयो ।
मुलुककै सबैभन्दा ठुलो कालीगण्डएकी ए जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजा तर्फको बजार क्षेत्रमा झण्डै दुई सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बनेका हुन् ।
विगत १० वर्ष अघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो ।

विज्ञापन

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी एको बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले विश्वकै ठुलो शालिग्राम शिला डुवेको तर बजार सम्म भने आइनसकेको जानकारी दिनुभयो ।
स्थानीय प्रहरी चौकीका अनुसार शुक्रवार दिउँसोसम्म पानीको बहाब उच्च बढेको थियो । बजार क्षेत्रसँगै जोडिएको मन्दरको सत्तलसम्म बहाब आईपुगेपनि कालीगण्डकी ए को बाँधका सवै ढोका खोलेपछि विस्तारै घट्दै गएको प्रहरीले जनाएको छ ।
पानीको बहाब उच्च भएपनि बजार क्षेत्रमा अहिलेसम्म कुनै क्षति नपुगेको इलाका प्रहरी चौकी हुवासले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook