• होमपेज
  • पर्वतको महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि
गण्डकी प्रदेश

पर्वतको महाशिला गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि

पर्वत , असार २५/ जिल्लाको महाशिला गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ ।
सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले महाशिला गाउँपालिका ४ बालाकोटका वडा अध्यक्ष रोशन गुरुङ साथै स्थानीय महिला स्वास्थ स्वयंसेविकाहरुलाई औषधि हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको हो ।
कोरोना लगायत महामारीका रोगबाट बचाउन आर्शेनिक एएलबी ३० नामक होमियोप्याथिक औषधि वितरण गरिएको हो । यसले कुनै साइड इफेक्ट नगर्ने र रोगसंग लड्न सक्ने क्षमता बढाउने बताइएको छ । विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा करिब ४ लाख रुपियाँ बराबरको औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपप्रमुख हिरा कुमारी राना, प्रमुख प्रशासकिय अधिकृत बुद्दीराम उपाध्याय लगायतको उपस्थिति रहेको थियो । उक्त औषधी गाउँपालिकाका सवैजसो घरधुरीमा पठाईने प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook