• होमपेज
  • कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?
स्वास्थ्य-जीवनशैली

कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो ।

तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न वा अत्यावश्यक कामका लागि मात्र होइन, मान्छेहरू घरबाहिर निस्केर टहल्न वा रमाइलो गर्न पनि भिडमा मिसिँदैछन् । न शारीरिक दुरी कायम गरिएको छ, न मास्कजस्ता सुरक्षात्मक विधि अपनाइएको छ । के अहिले हाम्रो मनोविज्ञान परिवर्तन भएको हो ? कोरोनाप्रतिको भय हटेको हो ? वा हामीमा आत्मबल बढेको हो ?

विज्ञापन

अहिले जसरी मान्छेको भिड र घुलमिल बढ्दैछ, त्यसले केही कुरा संकेत गर्छ ।

१. मानौं, कोरोना भाइरस निर्मूल भइसक्यो वा यसको अब कुनै जोखिम छैन ।

२. मानौं, कोरोना भनेको तातो पानी पिएर, हाँच्छ्युँ–साच्छ्युँ गरेर उडाउन सकिन्छ ।

३. मानौं, हामीमा कोरोनाको भाइरस पचाउने क्षमता छ ।

४. मानौं, कोरोनाको संक्रमण भएपनि मरिँदैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook