• होमपेज
  • कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?
फिटनेस

कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?

खानपान नमिल्दा वा फाइबरयुक्त खानेकुराको कमीले बच्चामा कब्जियतको समस्या देखापर्छ । अक्सर बच्चाहरु नियमित शौच गर्दैैनन् । वा त्यस्ता काममा अभिभावकले अभ्यस्त गराउँदैन । यसले पनि उनीहरुको पेट सफा हुँदैन, जो कब्जियत बन्न सक्छ ।

पानी, रेशादार फलफुल तथा सागसब्जीको अपुगका कारण पनि बालबालिकालाई कब्जियत हुने गर्दछ । कब्जियत हुदाँ ठूलो आन्द्रामा जमेर बसेको फोहर ढिलो गरी बाहिर निस्कने गर्छ । जब ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन र आन्द्रामा टासिएर बसेको फोहरलाई मलद्धारबाट बाहिर फाल्न सक्दैन । यहि अवस्थामा कब्जियत हुने गर्छ । कब्जियत भएमा बालबालिकामा विभिन्न लक्षण देखा पर्ने गर्छ ।

विज्ञापन

कब्जियतका लक्षण

– हप्तामा तीन पटक भन्दा कम पटक दिशा हुने

-कडा दिशा, सुख्खा दिशा तथा दिशा गर्नमा समस्या भएमा

-पेटको दुखाई

-मोटो तथा बाक्लो दिशा भएमा

-रगत सहितको कडा दिशा भएमा

-बच्चाको भित्री वस्त्रमा माटो जस्तो दिशा देखिएमा

कब्जियत हुनुको कारण 

सामान्यतया आन्द्रामा भएको फोहर बाहिर निस्कन नसकेका वा कम गतिमा पास भएमा कब्जियत हुने गर्दछ । कब्जियत भएमा दिसा सा¥हो वा कडा हुने गर्दछ । कब्जियत हुने धेरै कारण हुन्छन् ।

लामो समय दिसा रोकेमा

बालबालिका खेल्न भनेपछि हुरुक्कै हुने गर्दछन् । यतिसम्म की उनीहरु दिसा पिसाब आएको पनि थाहा पाउदैनन् र आए पनि शौचालय जान रुचाउँदैनन्  । बरु रोकेरै राख्छन् । जसका कारण उनीहरुमा कब्जियतको समस्या हुन्छ ।

खानपान नमिलेर

फाइबरयुक्त खानेकुराको कमी, पर्याप्त मात्रामा पानी सेवन नगर्नु, झोलिलो पदार्थ सवन नगर्नाले पनि बालबालिकामा कब्जियतको समस्या निम्तने गर्दछ ।

दिनचर्यामा परिवर्तन

बालबालिकाको दिनचर्यामा आउने परिवर्तनका कारण पनि उनीहरुमा कब्जियतको समस्या हुने गर्दछ । विशेषगरी, लामो छुुट्टीमा जाँदा, तनाव हुदाँ वा तापक्रममा आउने परिवर्तनका कारण पनि उनीहरुको दिनचर्या तथा खानपानमा बदलाव आउने गर्छ । र, बालबालिकामा कब्जियतको समस्या रहने गर्छ ।

औषधिको सेवन

औषधिको सेवनका कारण पनि बालबालिकामा कब्जियत हुने गर्दछ ।

बंशानुगत रुपमा

परिवारमा कब्जियतको समस्या भएमा पनि बालबालिकालाई कब्जियष्तको समस्या हुने गर्दछ । यसको प्रमुख कारण वंशाणुगत वा एउटै परिवेश पनि हुनसक्छ ।

गाईको दूधको सेवन

गाईको दूधको एलर्जी भएमा वा अत्याधिक मात्रामा दूधबाट बनेको परिकारको सेवन गरेमा पनि बालबालिकामा कब्जियतको समस्या निम्तने गर्दछ ।

पेटको समस्या भएमा

बलबालिकाको स्वास्थ्यमा समस्या देखिएमा, पेटको समस्या भएमा , खाना नपचेमा वा खानाका एलर्जी भएमा पनि कब्जियत हुने गर्दछ ।

के छ त उपचार ?

बालबालिकामा हुने कब्जियतको समस्या कम गर्न यी उपाय अपनाउन सकिन्छ ।

फाइबरयुक्त खानेकुराको सेवन

बालबालिकामा कब्जियतका समस्या भएमा फलफुल, तरकारी, गेडागुडी, सिङ्गो अन्न लगायतका हाई फाइबरयुक्त तथा रेशेदार खानेकुरा ख्वाउनु पर्छ ।  यदी बच्चाले फाइबरयुत्त खानेकुरा आफै खानसक्दैन भने लिटो बनाएर तथा केही ग्राम फाइबरयुक्त खानेकुरा उनीहरुको खानामा मिसाएर पनि ख्वाउन सकिन्छ ।

प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन  

कयौ बालबालिकामा पानीको कमीका कारण पनि कब्जियतको समस्या निम्तने गर्छ । त्यसैले, कब्जियत नहोस् भन्न तथा आन्द्रामा जमेर बसेको फोहरलाई सजिलै बाहिर निकाल्नको लागि पनि प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन जरुरी छ ।

दिसा पिसाब गराउने बानी

नियमित रुपमा दिसा पिसाबका लागि अभ्यस्त गराउने । निश्चित समयमा प्रत्येक दिन शौचालय जाने बानी बस्नाले उनीहरुमा कब्जियतको समस्या रहदैन । पेट सफा हुन्छ ।

बाथरुम जानको आवश्यकताबारे जानकारी दिने

बालबालिकालाई प्रायः खेल्न पाएपछि अरु केही चाहिदैन । यतिसम्म की बाथरुम जान समेत उनीहरु आवश्यक ठान्दैन । त्यसैले, बालबालिकालाई बाथरुम जानुको आवश्यक्ताबारे जानकारी दिउ । बाथरुम जाने गर्नाले शरीरमा के के फाइदा पुग्छ, त्यसबारे बताउनुपर्छ ।

औषधिको पुनरावलोकन

बालबालिकाले प्रयोग गर्ने विभिन्न औषधीको सेवनका कारण पनि उनीहरुमा कब्जियतको समस्या निम्तने गर्दछ । यति औषधीको कारण बालबालिकामा कब्जियतको समस्या निम्तिएको छ भने चिकित्सकको परामर्श आवश्यक छ ।

कस्ता बालबालिकामा कब्जियत जोखिम धेरै हुन्छ ?

–जो विलासी जीवन बताउँछन् ।

–पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुराको सेवन गर्दैनन् ।

–प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थको सेवन गर्दैनन्

–जसलाई पेट तथा मलद्धार सम्बिन्ध समस्या छ

–जसको परिवारका कुनै सदस्यलाई कब्जियतको समस्या छ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

भर्खरै

Like us on facebook