• होमपेज
  • समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण
Breaking News

समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण

बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम  संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ |

राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो  भने  सम्बन्धित वडा संग पनि  समन्वयन गरिएको थियो | वडा कर्यलयबाट टोकन लिएर आउने र त्यहाबाट राहत लिएर जानी ब्यबस्था रहेको  थियो | तर निम्न वर्ग, बिरामी हरुलाई भने सिधै राहत दिइएको थियो | उक्त राहत २ जना क्यान्सर पीडितले समेत लगेका थिए |

विज्ञापन

राहतमा १० केजी चामल, दाल, साबन, नुन, तेल, चिउरा इत्यादि सामग्री वितरण गरेको थियो |

नबिन पाण्डेको टिमले भोलिको दिनमा अन्य ठाउमा समेत राहत बाढ्ने कार्येक्रम रहेको जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook