• होमपेज
  • मेयर सन्तोष चालिसेद्वारा कोरोना भाइरस न्यूनीकरणको लागि बिज्ञ टोलि संग छलफल
Breaking News

मेयर सन्तोष चालिसेद्वारा कोरोना भाइरस न्यूनीकरणको लागि बिज्ञ टोलि संग छलफल

चैत्र २६, काठमाण्डौं। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19) कोरोना भाइरस वाट नगरवासी हरुलाइ कसरी सुरक्षित राख्न यो रोग फैलावट, र जोखिमलाइ कसरी न्युनिकरण गर्न सकिन्छ भने कुराबारे बिज्ञ डाक्टरहरुसंग छलफल भएको छ |

साथै यस विषम परिस्थितिमा आगामी दिनहरुमा रोगको संक्रमण बाट सुरक्षाको लागि नयाँ रणनिती निर्माण गर्न त्यस सम्वन्धी बिज्ञ टोली सँग बृहत् छलफल गर्ने उदेश्यले गोकर्णेश्वोर नगर प्रमुख सन्तोष चालिसेज्युको अध्यक्षतामा वैठक हिजो बसेको थियो।उक्त बैठकमा त्यस सम्वन्धी बिज्ञ डा. पवन चालिसेज्युले कोरोना भाइरस संक्रमण वारेमा जानकारी गराउंदै त्यसवाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने वारेमा जानकारी गराउनु भएको थियो।

विज्ञापन

बैठकको अन्त्यमा नगर प्रमुख श्री सन्तोष चालिसेज्युले नगरवासीहरुलाइ एक अपिल गर्दै सवै जनाले आ आफ्नो घर भित्र सुरक्षित भएर वसौं, यस रोगको संक्रमण वाट वच्न यीनै उत्तम उपाय हो। सरकारले घोषणा गरेको लकडाउनको नियम पालना गर्न सवैलाइ आग्रह गर्नु भएको छ |

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook