• होमपेज
  • गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने
Breaking News

गोकर्ण बचत तथा ऋण सहकारी संस्थले मजदुर तथा श्रमिक बर्गलाई राहत वितरण गर्ने

लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर

काठमाडौँ, चैत्र २०। गोकर्ण बचत तथा सहकारी संस्था लिमिटेडले वडाको समन्वयमा राहत  वितरण गर्ने भएको छ । कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नं ४ ,७ र ८ नम्बरमा  रहेका श्रमिकहरुलाई राहत उपलब्ध गराउने भएको छ ।

कोरोनाले कारण लक डाउनले सबैभन्दा बढी असर दिनभर काम गरेर हात मुख जोड्ने वर्गलाई परेको  हुँदा उनीहरुलाई केहि राहत होस् भनेर सस्थाले भोलि चैत्र २१ गते संस्थाको कार्यलय प्राङ्गण बाट भिड भाड नहुने गरि वडा तथा  स्थानीय समाजसेवीहरुको समन्वयमा दैनिक ज्यालादारीमा निर्भर वर्गहरुको पहिचान गरि दिउसो ३ बजे राहत वितरण गर्ने संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठको भनाइ छ ।

विज्ञापन

उनले  कोरोना भाइरसको ठूलो जोखिमबाट जोगिन वर्तमानमा  कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न पनि संस्थाको तर्फ बाट  सबैलाई अनुरोध गरेका छन ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook