• होमपेज
  • ‘ओपनिङ’ राम्रो गरेको भए आजको खेल हातबाट गुम्दैनथ्योः कप्तान मल्ल
Breaking News

‘ओपनिङ’ राम्रो गरेको भए आजको खेल हातबाट गुम्दैनथ्योः कप्तान मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ राम्रो नहुँदा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ राम्रो नहुँदा ओमानसँगको खेल गुमेको बताएका छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो।

खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान मल्लले ओपनिङ चल्न नसक्दा खेलले नै अर्को मोड लिएको बताए। ‘हामीले कप्तान अनुसारको प्रदर्शन दिन सकिएन,’ उनले भने।

विज्ञापन

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलोपल्ट कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान समेत रहेका पारस खड्काले ओपनिङ सम्हालेका हुन्। तर ज्ञानेन्द्र र पारसको पहिलो पाटर्नरसिप फापेन। १२ बल खेलका ज्ञानेन्द्रले मात्र १ रन जोड्दा पारस खड्का १४ बलमा ३ रन जोड्दै प्याविलियन फर्किए।

पारस र आफ्नो ओपनिङ आजको खेलमा नचलेपनि आगामी खेलमा यो रणनीति परिवर्तन गर्न जरुरी नभएको बताउँदै उनले फेरि यस्तो अवस्था नआउने दाबी गरे।

उनले आजको खेलमा नेपालका युवा बलर सुसन भारीको प्रदर्शनको भने तारिफ गरे। ‘उसले राम्रो गर्यो। त्ससैले हामीले पनि बलिङमा कम ब्याक गरायौं,’ मल्लले भने।

प्रतियोगिताको मुखमा प्रशिक्षकको राजीनामाले खेलमा केही असर गर्यो ? भन्ने पत्रकारको जिज्ञासामा कप्तान मल्लले राजीनामाले खेलमा कुनै असर नगरेको र आफूहरुले त्यसमा कुनै ध्यान नदिएको बताए।

नेपालका मूख्य प्रशिक्षक उमेश पटुवालले यसअघि नै राजीनामा बुझाएका थिए। त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिबार अमेरिकासँग खेल्दैछ।

घरेलु मैदानमा पहिलो खेलमै हार बेहोरेको नेपाललाई थप दबाब परेको छ। नेपाल–ओमान र अमेरिकाबीच एक साता चल्ने त्रिदेशीय प्रतिस्पर्धामा हरेक देशले दुई–दुई गरी चार खेल खेल्नेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook