Breaking News

बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड
बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको छ, चाँडै स्थायी समिति बस्छ : प्रचण्ड

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानका लागि बालुवाटारबाट तीन बुँदे प्रस्ताव आएको बताएका छन्। बिहीबार सातादिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो। ओलीसँगको छलफलपछि थापागाउँमा आफूनिकट प्रदेश ५ का केन्द्रीय सदस्यहरुसँग कुराकानी गर्दै प्रचण्डले बालुवाटारको प्रस्तावबारे जानकारी दिएका हुन्। ‘पार्टी र सरकार सञ्चालनको विषयमा भएको कमीकमजोरीको […]

  • ५ years अगाडि
सरकारले देशभर लकडाउन नगर्ने
सरकारले देशभर लकडाउन नगर्ने

काठमाडौं, २२ साउन । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने स्पष्ट पारेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमात्र कोरोना भाइरसको महामारीको समस्याको समाधान नभएको बताएका हुन् । ‘लकडाउनमात्र समस्या समाधानको उपाय होइन,’ मन्त्री डा. खतिवडाले सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘जोखिम हेरेर कहिले लकडाउन गर्ने त कहिले […]

  • ५ years अगाडि
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली
महामारी संकटको सामना मिलेर गरौं–प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र […]

  • ५ years अगाडि
लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो
लगानी बोर्डको अध्यक्ष नियुक्तिले ओली प्रचण्ड विवाद बढायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्काचर्की भएको छ । डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए […]

  • ५ years अगाडि
बामदेवको भैंसेपाटी ब्रेक
बामदेवको भैंसेपाटी ब्रेक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। उपाध्यक्ष गौतमलाई भेट्न मंगलबार बिहान ११ बजे प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका थिए। अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको भैंसेपार्टी स्रोतले जनाएको छ। ‘उहाँहरुबीच ४० मिनेटजति पार्टीभित्र देखिएको विवाद समाधान र अन्य विषयमा कुराकानी भयो’, स्रोतले […]

  • ५ years अगाडि
ओलीसँगको टक्करले बदलिदियो माधव नेपालको पहिचान
ओलीसँगको टक्करले बदलिदियो माधव नेपालको पहिचान

२०७४ माघ तेस्रो साता तत्कालीन नेकपा एमालेले प्रदेश ३ को संसदीय दलको चुनाव गर्‍योे। पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई केन्द्रीय समितिमा समेत नअटाएका डोरमणि पौडेलले पराजित गरे र मुख्यमन्त्री बने। अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरी शाक्यलाई हराएको भन्दै माधवकुमार नेपाल समूह क्रुद्ध बन्यो। त्यसपछि ओलीले एकपक्षीय रुपमा पार्टी चलाउन खोजेको ठहर गर्दैै नेपाल पक्षको छुट्टै […]

  • ५ years अगाडि
‘ठोस सहमति’का लागि ओली–प्रचण्ड–झलनाथ बिहानै बालुवाटारमा
‘ठोस सहमति’का लागि ओली–प्रचण्ड–झलनाथ बिहानै बालुवाटारमा

आइतबारको बैठकमा कुनै सहमति नभएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सोमबार बिहानै बालुवाटारमा छलफलमा जुटेका छन्। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। बिहान सवा ९ बजेदेदेखि जारी छलफल महिनादिन भन्दा बढी समयदेखि पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। ‘उहाँहरु छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘ विवाद समाधानका […]

  • ५ years अगाडि
पौडेल समूहद्वारा देउवाको लिखित ध्यानाकार्षण, महाधिवेशन निश्पक्ष हुनेमा आशंका
पौडेल समूहद्वारा देउवाको लिखित ध्यानाकार्षण, महाधिवेशन निश्पक्ष हुनेमा आशंका

काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, १४औँ महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ । पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधिलगायत विषयमा […]

  • ५ years अगाडि
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय

काठमाडौं, १५ साउन । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिए । विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको […]

  • ५ years अगाडि
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

काठमाडौं, १५ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि दोषी पत्ता लागेका छैनन् । प्रहरीको अनुसन्धानमा जटिल र चर्चामा आएको यो हत्या प्रकरणमा विभिन्न शंका आशंकाहरु भइरहे । प्रहरीमाथि नै घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्यो । जसमध्ये कञ्चनपुरका तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्ट पनि थिए । केन्द्रीय अनुसन्धान […]

  • ५ years अगाडि
अभियुक्तको बयानः चेक प्वाइन्ट क्रस गरेपछि हामीले प्रहरीलाई सुनको झोला दियौँ 
अभियुक्तको बयानः चेक प्वाइन्ट क्रस गरेपछि हामीले प्रहरीलाई सुनको झोला दियौँ 

प्रहरीले आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल बरामद गरेको घटनाले नयाँ मोड लिएको छ । मंलगबार प्रहरीलाई नै चक्मा दिँदै कमलादीको चेक प्वाइन्टमा बा६च ५५१९ नम्बरको स्कार्पियो गाडीले आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर स्कार्पियो भागेको सार्वजनिक गरेको थियो । तर, सो सामग्री फालेर […]

  • ५ years अगाडि
कांग्रेसमा महाधिवेशन राजनीति : देउवा शक्ति आर्जनको होडमा, इतर समूह हुन सकेनन् एकजुट
कांग्रेसमा महाधिवेशन राजनीति : देउवा शक्ति आर्जनको होडमा, इतर समूह हुन सकेनन् एकजुट

महाधिवेशनको मिति आउन ७ महिना बाँकी रहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संगठन विस्तारमा कस्सिएर लागेका छन् । पहिले संस्थापनइतरले संगठन विस्तार नगरेको आरोप लगाउने गरेका थिए भने अहिले महाधिवेशन प्रभावित गर्ने गरी संगठन विस्तार गरेको आरोप लगाएका छन् । विशेष गरी ५ साउनमा विस्तार गरिएको महिला विभाग, १० साउनमा पार्टीका पुराना ३ नेतालाई अनुशासन उल्लंघनको […]

  • ५ years अगाडि