Breaking News

प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय
प्रमुख तीन दलको बैठक सम्पन्न, सरकारी कदमको कडा प्रतिरोध गर्ने निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीबीचको बैठक सकिएको छ । आइतबार साँझ बैठकले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको सबै प्रकारले विरोध र प्रतिरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सरकारले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त […]

  • ४ years अगाडि
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास
ऊर्जामन्त्री पुनले छाडे गाडी र सरकारी निवास

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले सरकारी निवास र गाडी छाडेर आफ्नै निवास फर्किएका छन् । आज मन्त्री पुनले प्रधानमन्त्रीको संसद् विघटन गर्ने निर्णयमा असहमति जनाउँदै राजीनामा दिएका थिए । लगत्तै उनले मन्त्रीका रुपमा चढिरहेको सरकारी गाडी र बस्दै आएको सरकारी निवास छाडेका हुन् । आइतबार पुनसहित सात मन्‍त्रीले सामूहिक राजीनामा दिएका थिए ।

  • ४ years अगाडि
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय ओली बिरुद्ध कडा कदम
पेरिसडाँडामा प्रचण्ड-नेपाल पक्षको भेलाको निर्णय ओली बिरुद्ध कडा कदम

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षले पेरिसडाँडामा आयोजना गरेको भेला  प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए कठोर कदम चाल्‍ने निश्कर्षसहित सम्पन्न भएको छ। अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी समितिबाट निर्णय र निर्देशन समेत भइसकेको अवस्थामा पनि प्रधानमन्‍त्रीले आलटाल गर्नुले गलत सन्देश दिएको उल्लेख गर्दै भेलाले अध्यादेश […]

  • ४ years अगाडि
संयोजकलाई ऐन महरलाई बहुमतले कारवाही गर्ने सहसंयोजक तामाङको चेतावनी
संयोजकलाई ऐन महरलाई बहुमतले कारवाही गर्ने सहसंयोजक तामाङको चेतावनी

नेपाल कम्यूनिष्ट पाटी नेकपामा भएको विवाद भातृ संगठनहरुमा समेत देखा परेको छ । अनेरास्ववियूका सह संयोजक रंजित तामाङले ओली गुटको भेला गर्दै हिँडेको भन्दै संयोजक ऐन महरलाई बहुमतले कारवाही गर्ने चेतावनी दिएका हुन् । पर्वतको कुस्मामा संचारकर्मीहरुसँगै संक्षिप्त कुराकानी गर्दै ओलीको भजन मण्डलीको रुपमा महरले केही विद्यार्थीहरुलाई लिएर गरेको भेलालाई सानो झुण्डको संज्ञा दिँदै आगामी […]

  • ४ years अगाडि
बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो
बालुवाटारको ओली-दाहाल भेटवार्तामा पनि मिलेन कुरो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता निष्कर्षविहीन बनेको छ। विवाद समाधानका लागि भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सामान्य भेटवार्ता मात्रै भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए। ‘उहाँहरूबीच पार्टीभित्रको विवाद समाधानको बिषयमा छलफल भयो। तर, कुनै बिषयमा टुंगोमा पुग्‍न सकेको छैन’, […]

  • ४ years अगाडि
२० करोडभन्दा बढीका पूर्वाधारमा मात्रै संघीय सरकारले स्थानीय तहसँग सहलगानी गर्ने
२० करोडभन्दा बढीका पूर्वाधारमा मात्रै संघीय सरकारले स्थानीय तहसँग सहलगानी गर्ने

काठमाडौं । अब पूर्वाधार निर्माणमा तीन वटै तहका सरकारले संयुक्त रुपमा लगानी गर्न सक्ने भएका छन् । सरकारले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ मार्फत सहलगानीलाई व्यवस्थित गर्न लागेको हो । अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसारसंघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यविधि […]

  • ४ years अगाडि
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?
कता जाँदैछ विप्लव नेतृत्वको नेकपाको क्रान्ति ?

काठमाण्डौ । २८ फागुनमा ०७५ मा प्रतिबन्ध गरिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जुनसुकै बेला अपराधिक घटना घटाउन सक्ने देखिएको छ । मोरङमा शिक्षक हत्यापछि विप्लव समुह अब व्यक्ति हत्यामा उत्रिएको बुझ्न सकिन्छ । मोरङ घटनापछि सरकारको रणनिति अव के हुन्छ त्यो भन्ने चासो बढेको छ । मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र […]

  • ४ years अगाडि
यस्ता छन् ओलीले चाल्न सक्ने सम्भावित ५ कदम
यस्ता छन् ओलीले चाल्न सक्ने सम्भावित ५ कदम

निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अहिले सत्ता चलाइरहेको छ । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका विभिन्न योजना बारम्बार प्रस्तुत गरिरहेका छन् । तर, झन्डै एक वर्ष यता नेकपाको आन्तरिक राजनीतिमा शक्ति संघर्षका कारण सरकारका काम अहिले ओझेलमा परेका छन् । साढे दुई वर्षअघि तत्कालीन नेकपा (एमाले) र माओवादी […]

  • ४ years अगाडि
प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी
प्रधानमन्त्री वा अध्यक्ष छड्नुपर्ने अवस्था आए के गर्लान् ओली ? यस्तो छ भित्री तयारी

सत्तारुढ नेकपामा चुलिएको शक्ति संघर्ष आफूविरुद्ध केन्द्रित हुने आकलन गरेका प्रधानमन्त्री ओली त्यसक्रममा आउनसक्ने सबैखाले परिस्थिति सामना गर्ने रणनीतिमा जुटेका छन्। आफूनिकट नेताहरुसँग उनले गरिरहेको छलफलले त्यही देखाउँछ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिएको संकटकै बीच बुधबार बोलाइएको केन्द्रीय सचिवालय बैठक आउँदो शनिबार, २० मंसीरसम्मका लागि स्थगित भएको छ। मंगलबार लामो समय बसेर बुधबार दिउँसो […]

  • ४ years अगाडि
ओलीलाई बैठकमा आउन तीन दिनको समय, के हुन्छ ओली बैठकमा नगए ?
ओलीलाई बैठकमा आउन तीन दिनको समय, के हुन्छ ओली बैठकमा नगए ?

काठमाडौं । आन्तिरक किचलोमा रुमल्लिएको सत्तारुढ  नेकपा सचिवालय बुधबार केहीबेर मात्रै बस्यो । दिउसो १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली व्यस्तताको कारण एक घण्टा धकेलिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक सहमतिमा नै सारिएको थियो। तर ओली उक्त बैठकमा उपस्थित भएनन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल […]

  • ४ years अगाडि
मङ्सिर २० गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक
मङ्सिर २० गते बस्नेगरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।  मङ्सिर २० गते बस्ने गरी आजको बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अध्यक्षद्वयले यस अघि सचिवालयमा प्रस्तुत गरेको प्रस्तावका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको थियो । यसअघि मंगलवार(हिजो) पनि बैठक बसेको थियो । हिजोको बैठकमा छलफल […]

  • ४ years अगाडि
पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा
पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

काठमाडौँ – वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले कडा आपत्ति जनाएका छन्। बुधबार दिउँसो तनहुँमा पौडेललाई नियन्त्रणमा लिएको घटनालाई देउवाले सर्वसक्तावादको संकेत भएको दाबी गर्दै यस्तो गतिविधि नगर्न चेतवनी दिएका छन्। देउवाले पौडेललाई तुरुन्त रिहा गर्न अन्यथा आउन सक्ने जस्तो सुकै परिणामका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन्। सभापति देउवाले […]

  • ४ years अगाडि