Breaking News

प्रहरीको शान्ति मिसनको पूर्वछनोट नै किर्ते, प्रश्नपत्र बाहिरिएपछि छानबिन हुँदै
प्रहरीको शान्ति मिसनको पूर्वछनोट नै किर्ते, प्रश्नपत्र बाहिरिएपछि छानबिन हुँदै

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनोट परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीमा छानबिन भइरहेको छ। गत शुक्रबार र शनिबार भएको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको भन्दै डीआईजीको नेतृत्वमा गठन भएको छानविन समितिले छानविन गरिरहेको हो। यूएन शाखाका प्रहरीमाथि अहिले सोधपुछ भइरहेको र प्राप्त प्रमाणहरुलाई प्रमाणित गर्ने काम भइरहेको छानविन समितिका एक सदस्यले बताए। […]

  • ४ years अगाडि
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे
लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । […]

  • ४ years अगाडि
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार

काठमाण्डाै – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको कार्यदलको बैठकले कार्यविधिको अन्तिम खाका तयार पारेको हो । याे कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । ‘चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ’, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भन्नुभयो […]

  • ४ years अगाडि
एकता हाम्राे चाहना हाे, त्यसैमा प्रयास गरिरहेकाे छु : माधव नेपाल
एकता हाम्राे चाहना हाे, त्यसैमा प्रयास गरिरहेकाे छु : माधव नेपाल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताउनुभएको छ । बिहीवार आफू पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो । नेता नेपालले केही विषयमा सहमति भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो […]

  • ४ years अगाडि
माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै : सरकारमा जानेबारे के गर्ला निर्णय ?
माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै : सरकारमा जानेबारे के गर्ला निर्णय ?

काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ। संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि माधव समूहले केन्द्रीय बैठक बिहीबार ११ बजे आह्वान गरेको हो। केन्द्रीय कमिटीको बैठकबाट माधव समूहको औपचारिक निर्णय गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा सरकारमा जाने नजाने, पार्टी एकता गर्ने नगर्ने विषयमा […]

  • ४ years अगाडि
जापानबाट शनिबारसम्म ८ लाख ४० हजार डोज खोप आउने
जापानबाट शनिबारसम्म ८ लाख ४० हजार डोज खोप आउने

जापानले अनुदान दिएको कोभिड–१९ विरुद्धको ८ लाख ४० हजार डोज खोप शनिबारसम्म नेपाल आइपुग्ने भएको छ। काठमाडौंस्थित जापानी दूतावासले बिहीबार र शुक्रबार दुई खेपमा कोभिड–१९ को खोप बोकेको जहाज काठमाडाैंका लागि उड्ने जनाएको छ। दूतावासले जापानमै उत्पादन भएको अस्ट्राजेनेका खोपको पहिलो खेप शुक्रबार नेपाल आइपुग्ने जनाएको छ। जापानमा उत्पादन गरिएको अस्ट्राजेनेकाको १६ लाख डोज मध्य […]

  • ४ years अगाडि
मुख्यमन्त्री कार्यालयको नजरवन्दवाट मुक्त: लुम्बिनी सभा सांसद विमला माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक
मुख्यमन्त्री कार्यालयको नजरवन्दवाट मुक्त: लुम्बिनी सभा सांसद विमला माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक

बुटवल । निकै चर्चा र रहस्यको रुपमा रहेकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री अन्ततह माओवादी केन्द्रमै रहेको रहस्य सार्वजनिक भएको छ ।एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ बनाईएकी सांसद विमला बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा सशरिर उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् […]

  • ४ years अगाडि
मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज
मन्त्रिपरिषद्‍द्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।

  • ४ years अगाडि
एमाले वरिष्ठ नेता नेपालले बोलाए केन्द्रीय कमिटी बैठक
एमाले वरिष्ठ नेता नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

स्थायी कमिटीका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान दबाब दिएपछि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। भोलि बुधबार विहान ११ बजे शंखमूलको क्वालिटी बेन्क्वेटमा केन्द्रीय कमिटीको बैठक राखिएको हो। पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन्। कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा […]

  • ४ years अगाडि
ओली र माधव नेपालबीच भेटवार्ता हुँदै, होला त विवाद समाधान ?
ओली र माधव नेपालबीच भेटवार्ता हुँदै, होला त विवाद समाधान ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुँदै छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो । विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक […]

  • ४ years अगाडि
ढल्दै लुम्बिनी सरकार, बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
ढल्दै लुम्बिनी सरकार, बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नयाँ सरकार गठन आह्वान गर्दै मुख्यमन्त्री अमिक शेरचनलाई निवेदन बुझाएका छन् । उनीहरुले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसंग माग गरेका छन् । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका प्रदेश प्रमुखलाई निवेदन बुझाएका हुन् । ‘प्रदेशसभामा तत्काल […]

  • ४ years अगाडि
कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड
कोरोना संक्रमण बढ्यो, बिरामीले फेरि भरिन थाले अस्पतालका बेड

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पछिल्लो एक सातायता कोरोना संक्रमित भर्ना हुने संख्या क्रमशः बढिरहेको छ । नेपालमा आइतबार थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

  • ४ years अगाडि