काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल शनिबार दिउँसो प्रकाशित भएको छ। जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी […]
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । परीक्षाको तालिका पुनर्विचारबारे छलफल […]
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत महसुल पनि घटाउने बताएकी छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले सुरुमा घरायसी प्रयोजनमा खपत भएको विद्युतको महसुल घटाउने र उत्पादनमा वृद्धि भएसँगै औद्योगिक क्षेत्रको महसुल पनि कम गर्ने बताएकी हुन्। मन्त्री भुसालले आर्थिक विकास, गरिबी निवारण, औद्योगिक विकास र कृषिको […]
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनोट परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीमा छानबिन भइरहेको छ। गत शुक्रबार र शनिबार भएको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएको भन्दै डीआईजीको नेतृत्वमा गठन भएको छानविन समितिले छानविन गरिरहेको हो। यूएन शाखाका प्रहरीमाथि अहिले सोधपुछ भइरहेको र प्राप्त प्रमाणहरुलाई प्रमाणित गर्ने काम भइरहेको छानविन समितिका एक सदस्यले बताए। […]
काठमाडौं : भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी दल नेकपा एमाले आन्दोलनमा उत्रिएको छ। सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै एमालेले बिहीबार विरोध प्रदर्शन गर्न लागेको हो। राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा देउवा सरकारको जनघाति निर्णयविरुद्ध सशक्त दबाब सिर्जना गर्न दिउँसो ३ बजे प्रदर्शन गर्ने भएको छ। पूर्व मन्त्री […]
महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई आज जिल्ला प्रशासन कार्यालय ल्याउन लागिएको हो। यसअघि नै शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली र […]
बागलुङ : जिल्लाको पश्चिम गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन्। १० जना सकुशल छन्। दुर्घटनामा परी गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ […]
धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार नहुँदै तुइनको फलामे डोरी निकालिदिंदा एक नेपाली महाकालीमा खसेर बेपत्ता भएका छन् । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्ग्दै […]
सरकारले शिक्षकमाथि विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ। सरकारले विगतमा जस्तै चालु आर्थिक वर्ष ०७८/८९ को बजेटमा पनि शिक्षकलाई विभेद गरिएको तथा महासंघसँग सरकारले गरेको सम्झौता अनुरुप शिक्षा नल्याएको भन्दै नेपाल शिक्षक महासंघ चौथो चरणको आन्दोलनमा उत्रिएको हो। महासंघले शुक्रवार सातै प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधस्वरुप रिले अनसन गरेको छ। राजधानी […]
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ । […]
काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाका तत्कालीन योजना प्रमुखसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको भन्दै पाँच जनाविरूद्ध काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए। अख्तियारले तत्कालीन योजना प्रमुख विजय चापागाईं, इन्जिनियरद्वय दीपककुमार खड्का, गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्णप्रसाद […]