समाचार

झापाका ओलीको पोखरामा ताण्डव
झापाका ओलीको पोखरामा ताण्डव

पोखरा । पोखरामा शनिबार राती मातेर कार हाक्दा ६ सवारी साधनलाई ठक्कर दिएको छ । राती करिब साढे ३ बजे भएको दुर्घटनामा पोखरा घुम्न आएका झापा घर भएका विनायक ओलीले कार चलाएका थिए । बा१२च ६३३९ नम्बरको कार लेकसाइडको हल्लनचोकबाट बाराही चोक तर्फ आउदै गरेको कारले एक ट्याकी, दुई मोटरसाइकल र ३ वटा स्कुटरलाई ठक्कर […]

  • ३ years अगाडि
पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने प्रस्ताव अस्वीकार
पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने प्रस्ताव अस्वीकार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौँ स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर पूर्वराजालाई पूर्वराष्ट्रपतिकै […]

  • ३ years अगाडि
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति […]

  • ३ years अगाडि
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र

गणेश पौडेल पर्वत, असार ७ गते । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो । २०७४ सालमा आयोजनाबाट अनुदान पाएको […]

  • ३ years अगाडि
विमान दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु
विमान दुर्घटनामा धनुषाका एकै परिवारका ७ जनाको मृत्यु

तारा एयरको जहाज दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएको छ । आइतवार भएको जहाज दुर्घटनामा मिथिला नगरपालिका-११, लोटाका एकै परिवारका उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि […]

  • ३ years अगाडि
घटनास्थल पुगेका घर्ती भन्छन्– शव चिनिने अवस्थामा छैनन्
घटनास्थल पुगेका घर्ती भन्छन्– शव चिनिने अवस्थामा छैनन्

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताउनुभएको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, […]

  • ३ years अगाडि
तारा एयरको विमान क्षत विक्षत अवस्थामा भेटियो
तारा एयरको विमान क्षत विक्षत अवस्थामा भेटियो

आइतबार बिहानदेखि बेपत्ता भएको तारा एअरको ट्विनेटर विमान मुस्ताङको थासाङ गाउँ पालिकाअन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जहाज सोमवार बिहान मुस्ताङको थसाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएका छन्।‍ आइतवार बिहान ९ः५५ बजे उडेको तारा एअरको ‘९एन-एईटी’ जहाज सम्पर्कविहीन भएको […]

  • ३ years अगाडि
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मुस्ताङ – आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको हो । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो । विमानमा अहिले पनि आगो लागिरहेको छ […]

  • ३ years अगाडि
‘पाइलटको मोबाइलमा फोन गइरहेको छ, ट्रेसिङ गरिरहेका छौं’
‘पाइलटको मोबाइलमा फोन गइरहेको छ, ट्रेसिङ गरिरहेका छौं’

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए । धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।कास्कीको […]

  • ३ years अगाडि
३ चालक दल र १९ यात्रुको नामावली, २२ यात्रु सवार
३ चालक दल र १९ यात्रुको नामावली, २२ यात्रु सवार

काठमाडौं । तीन जना चालक दलका सदस्यसहित १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको छ । सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका थिए । तारा एयर स्रोतले दिएको जानकारीअनुसार जहाजमा थिए यी १९ यात्रु […]

  • ३ years अगाडि
तारा एयरको विमान घाँसा नजिक दुर्घटना
तारा एयरको विमान घाँसा नजिक दुर्घटना

पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । भर्खरै प्राप्त जानकारी अनुसार म्याग्दी घाँसा नजिकको भिरमा दुर्घटना भएको अपुस्ट जानकारी प्राप्त भएको छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ […]

  • ३ years अगाडि
पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन
पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले पुष्टि गरेको छ। विमानमा १९ जना यात्रु रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। ‘विमान अहिलेसम्म सम्पर्कविहीन छ। यसको कारण भने खुल्न सकेको छैन’, उनले भने, ‘बिहान ९ : ५५ मा पोखराबाट […]

  • ३ years अगाडि