समाचार

नवौं वार्षिकोत्सवमा सन नेपाल लाइफको रक्तदान
नवौं वार्षिकोत्सवमा सन नेपाल लाइफको रक्तदान

बागलुङ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिकोत्सवको अवसरमा मंगलबार बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कम्पनीले वार्षिकोत्सब अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जयबहादुर केसीको प्रमुख आतिथ्यता […]

  • १ hour अगाडि
मोदी गाउँपालिकामा सन नेपाल लाइफको बीमा सेवा सम्बन्धी जानकारी तथा छलफल
मोदी गाउँपालिकामा सन नेपाल लाइफको बीमा सेवा सम्बन्धी जानकारी तथा छलफल

पर्वत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा पर्वतको मोदी गाउँपालिकामा बीमा सेवासम्बन्धी जानकारी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वैदेशिक रोजगार म्यादी जीवन बीमा, सन मेडिकेयरलगायत कम्पनीले प्रदान गर्दै आएका विभिन्न बीमा सेवाका बारेमा जानकारी तथा छलफल गरिएको थियो। कार्यक्रममा कम्पनीको जानकारीमूलक ब्यानर मोदी गाउँपालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीलाई हस्तान्तरण गरिएको […]

  • १९ घन्टा अगाडि
सन नेपाल लाइफद्वारा देविस्थान प्राविलाई वाटर डिस्पेन्सर हस्तान्तरण
सन नेपाल लाइफद्वारा देविस्थान प्राविलाई वाटर डिस्पेन्सर हस्तान्तरण

पर्वत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । कुश्मा नगरपालिका–१२, ठुलीपोखरीस्थित देविस्थान प्राथमिक विद्यालयलाई कम्पनीको पर्वत शाखाले वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स पर्वत शाखाका प्रबन्धक गणेश पौडेल, कर्मचारी अनुसा आचार्य, एजेन्सी म्यानेजर […]

  • १९ घन्टा अगाडि
पर्वत प्रशासनको नयाँ सुरुआत, बिचौलियामुक्त र छिटोछरितो सेवा
पर्वत प्रशासनको नयाँ सुरुआत, बिचौलियामुक्त र छिटोछरितो सेवा

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीलाई छिटोछरितो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन सेवा प्रवाहमा थप सुधार गर्ने भएको छ।नयाँ प्रजिअ गंगा बहादुर क्षेत्रीको आगमनसँगै सुधारका लागि नयाँ कार्यको प्रारम्भ भएको हो । कार्यालयले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८३ भदौ २९ को परिपत्र अनुसार सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि कार्यालयले समेत […]

  • ७ दिन अगाडि
गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान
गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् । संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई मंगलबार अपिल जारी गर्दै उनले संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हीत विपरीतको संज्ञा दिएका छन् । विशेष महाधिवेशनबाट आएको सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि […]

  • ७ दिन अगाडि
शिक्षक सङ्गठन पर्वतद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, पैयुँकी शिला सापकोटा प्रथम
शिक्षक सङ्गठन पर्वतद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, पैयुँकी शिला सापकोटा प्रथम

पर्वत, २२ भाद्र । हरितालिका तीज २०८३ को अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग, पर्वतद्वारा आयोजित जिल्लास्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगिता आइतबार कुश्मामा सम्पन्न भएको छ। जिल्ला उपाध्यक्ष तथा महिला विभाग संयोजक गंगा कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय समिति सदस्य एवम् बागलुङ जिल्ला इन्चार्ज गंगा कुमारी शर्मा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका […]

  • २ हप्ता अगाडि
कुश्माबाट एक महिला वेपत्ता, खोजी कार्य जारी
कुश्माबाट एक महिला वेपत्ता, खोजी कार्य जारी

पर्वतको कुश्मा नगरपालिका–६ मैत्रीचोकबाट ३७ वर्षीया शान्ति कुमारी रिमाल पाध्या बेपत्ता भएकी छन्। कुश्मा-१४ आर्थर घर भएकी शान्ति मैत्रीचोकस्थित राष्ट्रिय बालशिक्षा सदनमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन्। आइतबार बिहान करिब ६ बजे परिवारले उनी सुतेको कोठामा नभएको थाहा पाएपछि खोजी सुरु गरेको थियो। आसपासका क्षेत्रमा खोजी गर्दा पनि फेला नपरेपछि बिहान करिब ९ः३० बजे प्रहरीलाई […]

  • २ हप्ता अगाडि
तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पर्वत । हरितालिका तीजको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन, फलेवास नगर समिति महिला विभागको आयोजनामा ‘तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। फलेवास नगरपालिकाभित्रका ९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले तीज पर्वको मौलिकता, सांस्कृतिक तथा सामाजिक महत्व, पछिल्लो समय तीज मनाउने क्रममा देखिँदै आएका विकृति र भड्किलोपन तथा […]

  • ३ हप्ता अगाडि
कुश्मामा आएको एलपी ग्यास बाटोमै व्यापारीको कब्जामा, प्रशासन पुग्दा सिलिन्डर गायब
कुश्मामा आएको एलपी ग्यास बाटोमै व्यापारीको कब्जामा, प्रशासन पुग्दा सिलिन्डर गायब

पर्वत । पर्वतको कुश्मा बजारमा उपभोक्ताका लागि आएको एलपी ग्यास बाटोबाटै व्यापारीले नियन्त्रणमा लिएर अन्यत्र लुकाएको आरोप लागेको छ। ग्यासको अभाव चर्किरहेका बेला कुश्माका लागि आएको ग्यासको गाडी नै बाटोबाट नियन्त्रणमा लिएर सिलिन्डर अन्यत्र सारिएको बताइएको हो। कुश्माका लागि आएको ग्यासको गाडीलाई स्नेहा किराना पसलका सञ्चालक डाँसिराम अधिकारीले बाटोबाटै नियन्त्रणमा लिएर अर्को गाडीमा सिलिन्डर लोड […]

  • ३ हप्ता अगाडि
पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा मिलन थापा
पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा मिलन थापा

अमेरिका/ पर्वत समाज अमेरिकाको सातौँ अधिवेशनबाट मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन लामिछाने, प्रथम उपाध्यक्षमा सञ्जीव पौडेल, दोस्रो उपाध्यक्षमा ईश्वर श्रेष्ठ, महासचिवमा आनन्द शर्मा, सचिवमा सुरज लामिछाने र धनबहादुर खत्री तथा कोषाध्यक्षमा सञ्जय मल्ल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा अर्जुन क्षेत्री, गीता सुवेदी, रुपेश गिरी, मौलिक लामिछाने, […]

  • ३ हप्ता अगाडि
पर्वतको कुश्मामा ग्यासको कृत्रिम अभाव, प्रशासनको अनुगमन फितलो
पर्वतको कुश्मामा ग्यासको कृत्रिम अभाव, प्रशासनको अनुगमन फितलो

कुश्मा, पर्वत । पर्वतको कुश्मा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ता समस्यामा परेका छन्। बजारमा ग्यासको अभाव देखिए पनि केही पसलमा ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको छ। कुश्मा नगरपालिका–स्थित प्रगति चोकमा रहेको स्नेहा किराना पसलमा सोमबार मात्रै करिब ४० वटा ग्यास सिलिन्डर अन्यत्र सारिएको पाइएको छ। पसलमा ग्यास उपलब्ध हुँदाहुँदै उपभोक्तालाई बिक्री […]

  • ३ हप्ता अगाडि
कुस्मामा अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न
कुस्मामा अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कुस्मा, पर्वत । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कुस्मा नगर समिति महिला विभागको आयोजनामा हरितालिका तीज–२०८३ को अवसरमा ‘कृत्रिम बुद्धिमता : अवसर र चुनौती’ विषयक अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कुश्मा नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नारायण माध्यमिक विद्यालयकी छात्रा इसिका पुरी प्रथम भएकी छन्। त्यस्तै काफलचौर माध्यमिक विद्यालयका छात्र खुशीमान […]

  • ३ हप्ता अगाडि