• होमपेज
  • शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने
गण्डकी प्रदेश

शहिद हरिदत्त प्रतिष्ठानको आयोजनामा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत। २३ औं शहीद हरिदत्त तिवारी स्मृति दिवसको अवसरमा पर्वतको शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शहीद हरिदत्त तिवारी प्रतिष्ठान, नेपालद्वारा कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, कुश्मा, पर्वतको सहयोगमा सञ्चालन हुनेछ। आयोजकले सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन हार्दिक अनुरोध गरेको छ।

विज्ञापन

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ। शिविरअन्तर्गत मुटुरोग परामर्श, छाती, पेट तथा पाचन सम्बन्धी समस्या परामर्श, महिला तथा मातृ स्वास्थ्य परामर्श, हाडजोर्नी तथा मांसपेशी दुखाइ परामर्श, नाक–कान–घाँटी (ENT) सम्बन्धी परामर्श, बाल स्वास्थ्य तथा मनोरोग परामर्श सेवा उपलब्ध रहनेछ।

यसैगरी रक्तचाप (BP) र मधुमेह (सुगर) जाँच, इकोकार्डियोग्राफी (ECHO), इलेक्ट्रोकार्डियोग्राम (ECG), अल्ट्रासाउण्ड (USG) जाँच, फिजियोथेरापी तथा आवश्यक औषधि वितरणको व्यवस्था गरिएको छ।

शिविरमा मुटुरोग, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, बालरोग, मानसिक रोग, रेडियोलोजी, फिजियोथेरापी लगायत विभिन्न विधाका अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रम मिति २०८२ माघ १ गते, बिहीबार, बिहान ८ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म सञ्चालन हुनेछ। शिविरको स्थान त्रिभुवन उच्च मा.वि., फलेवास–३, शंकरपोखरी, पर्वत रहेको छ।

कार्यक्रमको आयोजना शहीद हरिदत्त तिवारी स्मृति प्रतिष्ठान, नेपालले गरेको हो। 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै