• होमपेज
  • मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिवल प्रतियोगित हुँदै
खेलकुद

मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिवल प्रतियोगित हुँदै

पर्वत/पर्वतको मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ गर्ने भएको छ । जस अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीका अनुसार आगामी मंशिर १४ देखि १९ गते सम्म खेल संचालन हुने भएको हो । प्रथम अध्यक्ष कप भलिवल प्रतियोगितामा जिल्लाका ७ वटै पालिकाका टिमहरु सहभागि हुने पुरीको भनाई छ ।

विज्ञापन

गाउँपालिकाहरुको अन्तरसम्बन्ध विकास गर्ने र सक्षम खेलाडीहरु उत्पादन गर्न यो प्रतियोगिताले सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्माले जानकारी दिनुभयो । विगतका वर्षहरुमा मोदी गाउँपालिकाको प्रतिनिधित्व गदै गणेश प्रसाद तिमिल्सीना राष्ट्रिय सभा अध्यक्ष हुँदा राष्ट्रिय सभा अध्यक्ष कप संचालन गरिँदै आएको र अहिले तिमिल्सीनाको कार्यकाल सकिएपछि गाउँपालिका अध्यक्ष कप शुरुआत गरिएको र आगामी दिनमा समेत निरन्तरता दिईने उहाँको भनाई छ ।

अध्यक्ष कप अन्तर्गत प्रथम हुनेलाई नगद १ लाख राशिको पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई ७५ हजार र तेस्रो ५० हजार रहेको गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिनुभयो । यसका साथै शिल्ड, मेडल, प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै