पर्वत /लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् ।
विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा घर गोठ भत्किएका हुन् । हाल सम्म चित्र वहादुर गूरुङ, भद्रविर गूरुङ र हुकमत गूरुङ, मन प्रसाद गूरुङको घर गोठ र कुमार गुरुङको गोठ भत्किएको स्थानिय समाजसेवी रोशन गूरुङले जानकारी दिनुभयो ।
विज्ञापन
घर गोठ भत्किए पनि कुनै मानविय क्षती भने भएको छैन । स्थानिय वासी समाज सेवी दर्शनसिंह घलेका अनुसार घरमा वस्ने सवै परिवारलाई अन्य सुरक्षित ठाउमा स्तान्तरण गरिएको छ । गाउको विचको वस्तीमा भिषण पहिरो जादा गाउवासीहर त्रसित वनेका छन् ।
पहिरोले अन्य घरहरु पनी उच्च जोखिममा रहेका छन् । आजै प्रमुख जिल्ला अधिकारी , नगरप्रमुख , उपप्रमुख वडा अध्यक्ष लगायतको टोलिले स्थलगत अनुगमन गरि अस्थाइ वसोवासका लागि ५ वटा टेन्ट उपलब्ध गराएको वडा अध्यक्ष मन वहादुर कुवंरले जानकारी दिनुभयो ।
पानी परिरहेकोले थप क्षति हुन नदिन स्थानीयलाई अन्यत्र बस्न अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु