• होमपेज
  • कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ
गण्डकी प्रदेश

कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

पर्वत जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत सहित भगाएको भन्दै १ महिला सहित १४ जना व्यक्तिहरुलाई शनिबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार कुश्मा नगरपालिकाबाट १२ जना, विहादी गाउँपालिका १ र चितवनका १ जनालाई गिरफ्‌तार गरिएको हो । प्रहरीले नियन्त्रणमा रहेका सवैलाई हिरासतमा राखि कारागार ऐन २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्दोग अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीले यी मध्ये केही युवाहरुलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा समेत पक्राउ गरेको छ ।
पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए । पर्वत प्रहरीले पर्वत कारागारबाट फरार रहेका कैदी बन्दी मध्ये ५ जना र कास्की कारागारबाट फरार भएका ५ गरी १० जनालाई नियन्त्रणमा लिई पुन कारागार चलान गरेको छ । प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्न समेत अनुरोध गरेको छ । प्रहरीले यसरी फरार रहेका ब्यक्तिहरू कहीकतै देखेको अबस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत सर्बसाधरण समक्ष अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै