• होमपेज
  • मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा
Breaking News

मध्यरातमा संसद विघटन, फागुन २१ गते चुनाव घोषणा

  • राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्।
  • प्रधानमन्त्री कार्कीले विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन् ।
  • कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त गरिएको थियो र उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् भंग गरेकी ।

२७ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।

कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।

विज्ञापन

त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।

लगत्तै, आजै राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै