• होमपेज
  • एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी
Breaking News

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमाथि समूहगत छलफल जारी

काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमा समूहगत छलफल जारी रहेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि एमालेको दोस्रो विधान महाधिवेशन जारी छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगबाट प्रतिवेदन पेश भएको हो। उक्त प्रतिवेदनमाथि १० वटा समूहगत छलफल जारी रहेको छ।

विज्ञापन

स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत भने मूल हलमा नभई समूहगत छलफलमा गर्न अध्यक्ष ओलीले निर्देशन दिए। अध्यक्ष ओलीले प्रतिवेदनलाई केवल औपचारिकता नभई गहिरो छलफलपछि नीतिगत निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिए।समूह छलफलका लागि पार्टीले प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह तोकेको छ। कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन्। त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ। यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ।

यी समूहहरूले आ-आफ्नो क्षेत्र, संगठन र जिम्मेवारीअनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन्। छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ। महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै