सत्तारूढ पार्टी नेकपा (एमाले)को विद्यार्थीको प्रतिनिधित्व गर्ने जनवर्गीय संगठन अनेरास्ववियुमा गण्डकी प्रदेशबाट बिद्रोहको घोषणा भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गेरका प्रकाश पौडेल निकटका नेता कार्यकर्ताहरूलाई छानीछानी जिम्मेवारीबाट बञ्चित गरिएपछि आइतबार गण्डकीमा बहुमत केन्द्रिय सदस्य जिल्ला अध्यक्ष हरुको भेलाले विद्रोहको घोषणा गरेको हो ।
२४औँ राष्ट्रिय महाधिवेशन पछि जिम्मेवारी लगायत प्रदेशप्रति अनावश्यक हस्ताक्षेप गरेको भन्दै अनेरास्ववियुको गण्डकीमा बहुमत केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरुको उपस्तिथिमा बागलुङमा बैठक नै बसेर केन्द्रीय हस्तक्षेपको प्रतिवाद गर्ने निर्णय भएको छ ।
विज्ञापन
प्रदेश अध्यक्ष प्रबिण श्रेष्ठले संयोजक जिम्मेवारी प्रदान गर्नुभएको प्रदेश सचिव सुरज सापकोटाको अध्यक्षतामा भएको बैठकले प्रतिशोधका निर्णय र हस्तक्षेपको प्रतिवादन गर्ने निर्णय गरेको हो । बैठकमा पूर्व विद्यार्थी नेताहरू तथा बागलुङ सचिवालय सदस्य शेखर खडका म्याग्दीका सुवास विश्वकर्मा उपस्तिथ हुनुहुन्छ । बैठकमा गण्डकीका ११ जिल्ला मध्ये ८ जिल्ला अध्यक्ष उपस्तिथि रहेका छन ।
बैठकले केन्द्रले गरेको बिभेदपूर्ण निर्णय अस्वीकार गर्ने, पालिका र जिल्ला अधिवेश गर्ने र दोस्रो प्रदेश अधिवेशन पनि लगत्तै गर्ने घोषणा गरेको छ । एमाले अध्यक्ष र महासचिव लगायतका नेताहरूले पार्टीका पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विरूद्धमा घोषित अभियान नै चलाएपछि त्यसको प्रतिवादनमा सतिशाल बनेर उभिनुभएको प्रकाश पौडेलले पनि अनेरास्ववियुको नेतृत्वले काखा र पाखाको नीति लिनु गम्भीर कमजोरी रहेको बताउनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु