पर्वत । पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिदा २ जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राम प्रसाद सापकोटाका अनुशार पहिरोमा परि मोदी ३ का ७६ वर्षिय छविलाल वि.क. र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमाया वि.क.को मृत्यु भएको हो ।
विज्ञापन
गएरातीदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर वि.क दम्पत्ती वेपत्ता भएका थिए ।
वेपत्ताको स्थानीयवासी र प्रहरीले खोजी गर्दा पुरिएको अवस्थामा शव भेटिएको प्रहरी निरिक्षक सापकोटाले बताउनुभयो । सोही पहिरोमा ३२ वर्षिय पवित्रा विक भने पहिरो आउँदै गर्दा भागेर ज्यान जोगाउनु भएको छ।
फेसबुक प्रतिक्रियाहरु