• होमपेज
  • पर्वत जेसीजको आयोजनामा १ लाख राशीको फुटवल प्रतियोगिता हुने
खेलकुद

पर्वत जेसीजको आयोजनामा १ लाख राशीको फुटवल प्रतियोगिता हुने

पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो ।

युवा प्रतिभाको पहिचान र प्रोत्साहन,पर्यटन, व्यापार र स्थानीय उत्पादनको प्रबर्द्धनसँगै खेलकुदको विकासमा जोड दिने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको पर्वत जेसीज- २०२५ का अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन

प्रतियोगितालाई सफल बनाउन  सबैको सकारात्मक साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले पर्वत जेसीजले विगतदेखि नै युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सकारात्मक र रचनात्मक कार्यहरु गर्दै आएको बताउदै आगामी भदौमा आयोजना हुने फुटबल प्रतियोगिता पनि ऐतिहासिक कार्य भएको बताउनुभयो । फुटबल प्रतियोगितालाई सफल बनाउन प्रचारप्रसारको माध्यमबाट संचारकर्मीले सकारात्मक सहयोग प्रदान गर्ने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागीता रोचक र प्रतिस्पर्धात्म खेल हुने बताइएको छ । प्रतियोगितामा करिब २० टिम सहभागी हुने अपेक्षा गरिएको छ । फुटबल प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ र दित्तिय हुनेले ५१ हजार १ सय ११ प्राप्त गर्नेछन् । साथमा बिधागत पुरस्कार पनि रहेको छ । कार्यक्रममा फुटबल प्रतियोगिता संयोजक एन्जल कर्माचार्यले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियोे । पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिडिया संयोजक लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै