पर्वत । जिल्लाको जलजला गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट टोल विकास संस्था र उत्कृष्ट वडा विकास सहजकर्तालाई सम्मान गरेको छ ।
जलजला गाउँपालिकामा सञ्चालनमा रहेका १३९ वटा टोल विकास संस्थाले चालू आ.व.मा गरेको कार्यसम्पादनको आधारमा मूल्याङ्कनका २७ सूचकको आधारमा सर्वोत्कृष्ट एक र उत्कृष्ट हुने ८ वटा टोल विकास संस्थालाई नगद सहित सम्मान पत्रले सम्मान गरियो।
विज्ञापन
त्यस्तै टोल विकास संस्था परिचालनको लागि ९ वटा वडामा कार्यरत १० जना वडा विकास सहजकर्तालाई पनि चालू आवमा गरेको कामलाई कार्यसम्पादन मूल्याङ्कनका ३१ वटा सूचकको आधारमा प्रथम द्वितीय र तृतीय हुनेलाई दोसल्ला, सम्मानपत्र र नगदले सम्मान गरिएको छ ।
जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सम्मानित हुने टोल विकास संस्थाका अधयक्ष तथा सचिव, सबै वडा विकास सहजकर्ताहरु र गाउँपालिकाका कर्मचारीहरुकोको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु