पर्वत । चैत २४ गते युवा संघ पर्वतको अधिबेशनको क्रममा भएको दुई समुह बिचको झडपको छानबिन गर्न गठित समितिले पर्वतका दुई समुहका नेता कार्यकर्ताहरुको छुट्टाछुट्टै बयान लिएको छ । पार्टी
अध्यक्ष गोबिन्द पहाडी लगायत संस्थापन पक्षका नेताहरुलाई पार्टी कार्यालयमा र संस्थापन इतर समुह पार्टी कार्यालय नगएपछि स्थानीय रोयल कुश्मा होटलमा बयान लिइएको हो । नेकपा एमाले केन्द्रीय सदस्य माधब ढुंगेल र गणेश पहारीको छानबिन समितिले बयान लिएको हो ।
विज्ञापन
बयानका क्रममा घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कारबाहिको लागि दुबै पक्षको माग रहेको बताइएको छ ।
राष्ट्रिय युवा संघ पर्वतको चैत २४ का लागि तय भएको नवौँ जिल्ला अधिवेशन गर्ने-नगर्ने भन्ने विषयमा दुई पक्षबिच विवाद भएको थियो । दुइ पक्षबिच सहमति नभएपछि जिल्ला अध्यक्ष गोविन्द गिरीले हस्तक्षेप गर्दै अधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि झडप र कुटाकुटको स्थिति उत्पन्न भएको थियो ।
कुटाकुटमा एमाले प्रदेश समिति सदस्यसमेत रहेका युवा संघका पूर्वकेन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल र भरत सुबेदी धाईते भएका थिए । धारिलो हतियार प्रहारले उनीहरूको टाउकोमा गहिरो चोट लागेको र ।हात भाँचिएको थियो । पौडेल हालसम्म उपचारमै रहेका छन । एमाले पर्वतमा प्रतिनिधिसभा सदस्य पदम गिरी पक्षको एउटा र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना पक्षको अर्को गरी दुई गुट रहेको छ। दुबै गुट सबै जनबर्गिय संघठन र वडासम्म बिभाजित रहेकोछ ।
फेसबुक प्रतिक्रियाहरु