पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको १४औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र शर्मा गौतम बिजयी भएकाछन् ।
शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रतिष्पर्धी इन्द्र प्रसाद शर्मालाई ४ मतान्तरले पछि पार्दै निर्वाचित बनेका हुन् । गौतमले १ सय ५६ मत प्राप्त गरे भने निकटतम प्रतिष्पर्धि शर्माले १ सय ५२ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का प्रतिष्पर्धि दिपकराज रेग्मीले २० मत प्राप्त गरे ।
विज्ञापन
संगठनको उपाध्यक्षमा २१२ मतका साथ टंकलाल भुसाल, महिला उपाध्यक्ष गंगा कुमारी क्षेत्री १७२ मत र सचिवमा देबेन्द्र पौडेलले २१० मत प्राप्त गरि बिजयी बनेका छन् । अधिबेशनमा पदम गिरी समुह र पदमपाणी समुह दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका हुन्।
जिल्लामा एमालेमा देखिएको गुटको असर युवा संघ हुँदै शिक्षकसम्म पनि झांङ्गिएको छ । युवा संघको अधिबेशनमा पनि दुई गुटको प्रतिस्पर्धाले आक्रमणसम्मको अवस्था सिर्जना भएको थियो । अहिले शिक्षक संगठनमा पनि पदम गिरी समुहले एक छत्र राज चलाउन आफ्ना विश्वास पात्र इन्द्रप्रसाद शर्मालाई अगाडी सारेका थिए ।
तर शिक्षक आन्दोलनमा पदम गिरीले असहयोग गरेको र इन्द्रप्रसाद शर्माले पनि शिक्षकको बिरुद्दमा अभिव्यक्ति दिएको भन्दै शिक्षक बिच आलोचना हुँदै आएको थियो । जिल्लामा सबै संयन्त्र र पार्टीका मोर्चामा पुर्व मन्त्री पदम गिरीले आफ्नो कब्जामा राख्न लागिपरेकाछन् । पछिल्लो समय गिरीको योजना सफल हुन सकिरहेको भने छैन ।
फेसबुक प्रतिक्रियाहरु