पर्वत । नेकपा एमाले निकट शिक्षकहरुको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा भएको छ ।
जिल्लामा एमालेमा देखिएको गुटको असर शिक्षकसम्म पनि झांङ्गिएको छ । राष्ट्रिय सभाका पुर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र पुर्व मन्त्री पदम गिरीले नेतृत्व गरेका समुहहरुले शिक्षकहरुको अधिवेशनमा पनि तल्लो तहसम्म गुटको अभ्यास गर्दै आएका थिए ।
विज्ञापन
संगठनको अध्यक्षका लागि तिमिल्सिना समुहबाट सुरेन्द्र गौतम र गिरी समुहबाट इन्द्र प्रसाद पौडेलले प्रतिस्पर्धा गरेका छन् । स्वतन्त्र रुपमा दिपक रेग्मीले उम्मेद्वारी दिएका छन् ।
बिहिबारदेखि शुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शनिवार मतदान भएको हो । निर्वाचन समितिका अनुशार ४०१ जना मतदाता प्रतिनिधि रहेकोमा ३३५ मात्र मत खसेको छ ।
फेसबुक प्रतिक्रियाहरु