• होमपेज
  • युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित
Breaking News

युवा संघमा भएको झडपपछि एमालेमा विवाद चर्कियो, शिक्षक संगठनको अधिवेशन पनि स्थगित

पर्वत – युवा संघ नेपालका कार्यकर्ताबीच भएको झडप र त्यसपछिको राजनीतिक असहज परिस्थितिका कारण नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला समिति पर्वतको १४औँ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख २७ गतेका लागि तय भएको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

शिक्षक संगठनले जिल्लामा पछिल्ला दिनमा घटेका घटनाहरूको समिक्षा गर्दै स्वाभिमानी शिक्षकहरूका सहनशीलता र धैर्यतालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण तयारी भइसकेको अवस्थामा पनि उत्पन्न परिस्थितिले समय असामान्य हुने आँकलन गरी अधिवेशन स्थगित गरिएको छ।”

विज्ञापन

संगठनका अध्यक्ष दुर्गा प्रसाद पौडेल र सचिव टंकलाल भूसालले हस्ताक्षरित सूचनामा स्वतन्त्र शिक्षक संगठनमा कसैको पनि हस्तक्षेप स्वीकार्य नहुने जनाइएको छ। संगठनले आफ्ना सम्पूर्ण शिक्षक सदस्यहरूलाई निर्णयप्रति धैर्यताको साथ साथ दिन आग्रह गर्दै परिस्थितिजन्य असहजताका लागि क्षमायाचनासमेत गरेको छ।

पछिल्लो समय एमाले निकट युवा संघ नेपालका कार्यकर्ताबीचको विवाद र झडपका कारण जिल्ला राजनीतिमा असहजता देखिएको छ। त्यसको प्रत्यक्ष असर विभिन्न घटक संगठनमा पनि देखिन थालेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै