• होमपेज
  • गण्डकी कोटिहोम भूमि पुजन,क्षमा पूजन र यज्ञ कुण्ड तयार,उत्तम साइतमा गरियो शुभकर्म
Breaking News

गण्डकी कोटिहोम भूमि पुजन,क्षमा पूजन र यज्ञ कुण्ड तयार,उत्तम साइतमा गरियो शुभकर्म

पोखरा । पोखरा महानगरपालिका १७ विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ ।

कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ ।

विज्ञापन

82a5a132-829c-4d67-a8ef-167100a4f8a8.jpeg
त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ । त्यस्तै यज्ञ पनि खनिएको छ । आज ठीक ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड खनिएको हो ।

आज भएको उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी ज्यू , पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।222708a5-1d79-42e8-8119-24b5722bd3b0.jpeg

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार