• होमपेज
  • स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन
Breaking News

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं। स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहीन बनेको छ । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहिन भएको हो ।

अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजीनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

विज्ञापन

बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गरेको छैन ।

बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार दुवै पदमा पार्टीगत भागबन्डाको आधारमा नियुक्ती गर्ने तयारी चलिरहेको छ ।

‘ठूला सत्तारुढ दले भागबन्डाको आधारमा ल्याउने तयारी भएको छ,’ ती उच्च कर्मचारी भने, ‘अध्यक्ष र निर्देशकलागि केही मानिसको चर्चा चलेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर काम गरिहेको बताएका छन् । उनले स्वास्थ्य बीमाको दायारा पाँच लाख पुयाउने दाबी गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार