• होमपेज
  • मोर्डन पेन्टाथलन गण्डकीको दोस्रो साधारण सभा सम्पन्न
खेलकुद

मोर्डन पेन्टाथलन गण्डकीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा । मोर्डन पेन्टाथलन फेडेरेशन गण्डकी प्रदेशको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको प्रदेश खेलकुद परिषद् गण्डकीका बोर्ड सदस्य बिष्णुमाया गुरुङ्गले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै गुरुङले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि सबैको प्रयास जरुरी रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुदका गतिबिधी गर्न सहज भएपनि आर्थिक र भौतिक पूर्वाधारका कारण सोचेजस्तो सफलता हाँसिल गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा मोर्डन पेन्टाथलन संघका केन्द्रीय महासचिब यादब बहादुर बस्नेतले पेन्टाथलनमा समावेश हुने रनिङ, सुटिङ, स्विमिङ, फेन्सिङ र अब्सट्याकल ५ वटै खेल बिधाको विकास गराउन आवश्यक पूर्वाधार र आर्थिक व्यवस्थापन गर्नुपर्ने बताउनुुभयो । उहाँले सिमित साधान र श्रोतमा पनि नेपालले खेल क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको बताउँदै खेल क्षेत्रमा राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले खेल क्षेत्रको विकासका लागि आँफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले खेलकुद क्षेत्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाले यस वर्ष भएका कामहरुको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरि आगामी वर्षका लागि कार्ययोजना समेत निर्माण गरेको छ । फेडेरेशनले यस आर्थिक वर्षमा फेडेरेशनका कामहरु व्यवस्थित गरि जिल्ला संघहरु बनाउने प्रदेशस्तरिय प्रतियोगिता साथै राष्ट्रिय प्रतियोगिता संचालन गर्ने लगायतका कार्यहरु अगाडी बढाउने भएको छ ।
साधारण सभामा गण्डकी प्रदेश कमिटिका पदाधिकारी, सदस्यहरु, जिल्ला अध्यक्षहरु तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । मोर्डन पेन्टाथलन गण्डकीका अध्यक्ष कबिता अर्यालको अध्यक्षतमा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष गणेश पौडेलले र संचालन महासचिब मननारायण श्रेष्ठले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै