• होमपेज
  • पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने
गण्डकी प्रदेश

पर्वतका सिडिओ आचार्यको सरुवा, अब शर्मा आउने

पर्वत : गृह मन्त्रालयले बागलुङ र पर्वत जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ । बाँके सहितका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको हो ।

जसअनुसार बागलुङमा नेत्र सुवेदी र पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुनुहुन्छ । पर्वतबाट सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले पर्वतमा रहेर करिब १३ महिनाको अवधि पूरा गर्नुभएको छ ।

विज्ञापन

उहाँलाई जिल्ला प्रशासन कार्यालय देखि जिल्लाका अन्य संघ संस्थाहरुले फेरि भेटौँला कार्यक्रमको आयोजना गरी आगामी दिनको सुखद यात्राको लागि कामना गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook