• होमपेज
  • नेप्से परिसूचक ओरालो लाग्यो
अर्थ खबर

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल एक करोड १४ लाख ८३ हजार छ सय १७ कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख ९२ तीन सय दुई मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ । सो कम्पनीको ५० करोड ८९ लाख आठ हजार ९९ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट २४ करोड चार लाख ५० हजार पाँच सय २९, सोनापुर सिमेन्ट १६ करोड २४ लाख ३४ हजार आठ सय ५०, गुर्खाज फाइनान्स १२ करोड ७६ लाख ६५ हजार छ सय ८९ र हिमालयन रिइन्स्योरेन्स नौ करोड ८४ लाख १२ हजार सात सय १८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

विज्ञापन

नेप्सेका अनुसार, वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त नौ दशमलव ९२, गुर्खाज फाइनान्स आठ दशमलव शून्य आठ र कर्णाली डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले सात दशमलव ७१ प्रतिशतले कमाएका छन् । यस्तै स्वाभिमान लघुवित्त ६ दशमलव शून्य दुई, जाल्पा सामुदायिक लघुवित्त पाँच दशमलव ६६, देउराली लघुवित्त पाँच दशमलव ३१, लाइफ इन्स्योरेन्स कर्पोरेसन पाँच दशमलव २० र एनआइसी एसिया लघुवित्तका लगानीकर्ताले पाँच दशमलव १३ प्रतिशतले गुमाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook