• होमपेज
  • अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा
गण्डकी प्रदेश

अबैध काठ सहित ट्याक्टर नियन्त्रणमा

पर्वत । पर्वत प्रहरीले इजाजत पत्र बिनाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार  राती १०.३० बजेको समयमा कुश्मा नगरपालिका ७ खरेहामा ग १ ज ३८१ नं. को ट्याक्टमा २१ थान काठको गोलिया सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीले काठ सहितको ट्याक्टर चालक कुश्मा नगरपालिका १ बस्ने बिक्रम नेपालीलाई पक्राउ गरेको छ । उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खुमलाल भुसालले जानकारी दिनुभयो।

विज्ञापन

जिल्ला वन कार्यालय पर्वतका प्रमुख झ्यामलाल सापकोटाले काठ सहितको ट्याक्टर नियन्त्रणमा आएको तर आवश्यक कारबाहीका लागि प्रक्रिया चलिरहेको जानकारी दिनुभयो । हामीलाई प्रहरीले पठाइदिएको छ अब आवश्यक कारबाही प्रचलित ऐन अनुसार हुन्छ उहाँले भन्नुभयो । पर्वतमा केही दिन अगाडि पनि काठसहित एक सवारी साधन नियन्त्रणमामा लिएर कारबाही बिना नै छाडेपछि डिभिजन वन कार्यालयले फितलो कारहाही गर्ने गरेको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook