• होमपेज
  • अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु
गण्डकी प्रदेश

अग्लो पुलमा सेल्फी खिच्दा भिरबाट खसेर युवतिको मृत्यु

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ अदुवाबारी पुलको छेउबाट खसेर १८ वर्षीय युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

विज्ञापन

“प्रहरीले युवतीको घटनास्थलबाट उद्दार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो, झोलुङ्गे पुलको पर्वतखण्ड अदुवाबारीमा रहेको नेपाल टेलिकमको बोर्डबाट पुलतर्फ सेल्फीखिच्ने क्रममा लडेर १०० मिटर तल झरेको अवस्थामा फेला पारेका हौं” न्यौपानेले भन्नुभयो “लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।” घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आउनुभएको थियो । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ लगिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook