काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ ।
बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए ।काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना सार्वजनिक गरेको छ ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु