• होमपेज
  • पालुङटारमा कँडेलले दिए जसपालाई समर्थन, रूखमा भोट आए के हुन्छ ?
गण्डकी प्रदेश

पालुङटारमा कँडेलले दिए जसपालाई समर्थन, रूखमा भोट आए के हुन्छ ?

पोखरा । निर्वाचन आयोगले ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

दावी विरोध र उम्मेदवारी फिर्ता लिने समयसम्म नाम फिर्ता नभएको गोरखा पालुङटारमा कांग्रेस उम्मेदवार दीपक बाबु कँडेलले विज्ञप्ति निकालेर आफू उम्मेदवार नभएको घोषणा गरेका छन् ।

विज्ञापन

कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ताका लागि शुक्रबार नै पत्र पठाएका थिए । तर उनको पत्र ढिलो भएका कारण अन्तिम उम्मेदवारको नामावलीमा उनी समावेश भए ।

आइतबार कँडेलले विज्ञप्ती निकालेर आफू उम्मेदवार नभएको र जसपाका उममेद्वारलाई सघाउन आग्रह गरेका छन् । केन्द्रीय गठबन्धन अनुसार पालुङटारमा जसपालाई कांग्रेसले सघाउने र गोरखा नगरपालिकामा जसपाले कांग्रेसलाई सघाउने निर्णय छ । गोरखामा जसपा उम्मेदवार सन्जु भट्टले उम्मेदवारी फिर्ता लिईसकेकी छन् तर पालुङटारमा फिर्ता भएन ।

रूखमा आएको भोट के हुन्छ ?

निर्वाचन कानुन अनुसार कँडेल कांग्रेसका वैधानिक उम्मेदवार हुन् । उनको नाम उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएकोले रूख चिन्हमा भोट आए बदर हुँदैन । उम्मेदवार नभएको चिन्हमा आएको भोट भने बदर हुन्छ । यदी संयोगवश रूखमा सबैभन्दा धेरै मत परे कँडेल पुनः निर्वाचित हुन्छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले कँडेल कानूनको नजरमा उम्मेदवार कायम रहेको बताए ।

‘उहाँ उम्मेदवार हुनुहुन्छ । यदि धेरै भोट आयो भने उहाँ निर्वाचित हुन पनि सक्नुहुन्छ,’ उनले भने, ‘त्यो भोट बदर हुँदैन सदर हुन्छ ।’ गण्डकीका अधिकांश पालिकामा गठबन्धनको समस्या मिलिसकेको छ । तर पालुङटारमा भने रोचक मोड आइपरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook