• होमपेज
  • विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला
समाचार

विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला जलाएको छ।

आइतबार साँझ काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला जलाएका हुन्। प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरुले पुतला दहन गरेका हुन्।

विज्ञापन

साथै उनीहरुले एमसीसीलाई लेखिएको उक्त पत्रसमेत जलाएका थिए। एमसीसी सम्झौता राष्ट्रहित विपरित रहेको भन्दै तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook