• होमपेज
  • गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न
गण्डकी प्रदेश

गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षाविद्हरुका बीच अन्तरक्रिया सम्पन्न

पर्वत- गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरिएको गण्डकी विश्व विद्यालय र पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको पहिलो विश्व विद्यालयवाट संचालित शैक्षिक कार्यक्रम, आगामी रणनीतिहरु र यस विश्व विद्यालय सञ्चालनका उद्धेश्यका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्व बिद्यालयका कुलपती गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्नका लागि विश्व बिद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताउनुभयो । अबको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागि परेको छ ।

विज्ञापन

शिक्षाको गहिरो अध्ययनविना जुनसुकै क्षेत्र पनि अपुरो हुने भएकाले यो विश्व विद्यालय सुचना प्रविधि, खेलकुद,चिकित्सा विज्ञान विभाग लगायत कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रका पढाईहरु संचालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सुचना प्रविधिको कक्षा संचालन गरिने भएको छ भने त्यसैगरी खेलकुद विभागको पढाई समेत संचालन गरिने उहाँले बताउनुभयो । हरेक नागरिकहरुलाई सर्वसुलभ रुपमा शिक्षाको पहुँच पुर्‍याउने उद्धेश्यले प्रदेश सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुलपती गूरुङले जानकारी दिनुभयो ।

कार्यक्रमा गण्डकी विश्व विद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयका कार्यक्रमहरुका बारेमा जानकारी दिनुभएको थियो । उहाँले गण्डकी प्रदेशका पाँच जिल्लामा उत्पादन हुने कोदोको रक्सीलाई कसरी ब्राण्डिङ गरी स्वदेश तथा विदेशमा बजारीकरण गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न थालिएको बताउनुभयो । त्यसैगरी सुन्तलामा किरा लाग्ने विषयको अध्ययन पनि विश्वविद्यालयले गर्ने बताउनुभयो । विश्व विद्यालय सवैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशिलता लाई समेत अघि बढाईने भएको छ ।

कार्यक्रममा विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी विभागको बारेमा कार्यपत्र पस्तुत गर्नुभएको थियो भने मधुसुदन सुवेदीले स्पोर्टस म्यानेजमेन्टको बारेमा प्रस्तुत गर्नूभएको थियो । कार्यक्रमको संचालन अनुप अधिकारीले गर्नुएभएको थियो ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई पर्वतका प्रमुख उद्धिमराज पौडेल, शिक्षा क्षेत्रका अगुवा इन्द्रमान खत्री, गोविन्द पोखरेल, लेखनाथ उपाध्याय, सुभास पन्त, यामप्रसाद शर्मा, बलराम शर्मा, प्रदिप लामिछाने लगायतका विश्वविद्यालयका बारेका विभिन्न जिज्ञासा तथा सुझाव दिनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook