• होमपेज
  • नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा
गण्डकी प्रदेश

नेकपा एकीकृत समाजवादी बागलुङको संयोजकमा थापा

नेकपा (एकीकृत समाजवादी) पार्टीको बागलुङ जिल्ला संयोजकमा लालबहादुर थापा चयन भएका छन् । शनिवार भएको भेलाले केन्द्रीय नेतृत्वसँग संमन्वय गरि थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी घोषणा गरेको हो । थापा यसअघि नेकपा एमाले बागलुङका जिल्ला सचिव थिए ।

भेलाले भुपाल चालिसेको संयोजकत्वमा भरत पुरी,जीवन आचार्य र हिमाल शर्मा सदस्य रहेको ४ सदस्यीय कार्यालय व्यवस्थापन उपसमिति गठन गरेको छ ।

विज्ञापन

त्यस्तै शालिकराम शर्माको संयोजकत्वमा सामाजिक संघसंस्था संमन्वय उपसमिति, जीवन आचार्यको संयोजकत्वमा चक्र थापा र डम्बर श्रीस सदस्य रहेको ३ सदस्यीय जनप्रतिनिधि समन्वय उपसमित ,सुरज बोसेलको संयोजकत्वमा प्रदिप आचायर्, फडिन्द्र खड्का सहितको ३१ सदस्यीय युवा तथा खेलकुद जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ ।

जिल्ला अधिवेशनमार्फत नयाँ कमिटी निर्माण गरिने र हाललाई पार्टीलाई व्यवस्थित पार्न रणनीतिक योजना बनाएर काम गर्ने उक्त पार्टीले जनाएको छ ।यसपछि तत्कालै जिल्ला भेला गर्ने गरी क्षेत्र तथा पालिका समितिको संयोजकहरु तोक्ने जनाइएको छ ।

भेलामा नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका धौलागिरि इन्चार्ज,पूर्वकेन्द्रीय सदस्य तथा पूर्वउर्जा राज्यमन्त्री रामजी प्रसाद शर्मा, नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा,क्षेत्रिय अध्यक्ष गोविन्द गौतम, नगर इन्चार्ज भरत पुरी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook