• होमपेज
  • तालिबानले कब्जामा लियो थप ३ क्षेत्रीय राजधानी, काबुल नजिककाे शहर पनि कब्जामा
अन्तर्राष्ट्रिय

तालिबानले कब्जामा लियो थप ३ क्षेत्रीय राजधानी, काबुल नजिककाे शहर पनि कब्जामा

एजेन्सी । अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ ।

अघिल्ला दुई दिनमा उसले दुइवटा प्रान्तीय÷क्षेत्रीय राजधानी कब्जामा लिएको थियो । आइतबार मात्र उले देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

विज्ञापन

तालिबानले सार–ए–पोल र तालोकान सहरमा पनि कब्जा जमाएको बिबिसीले जनाएको छ । उलले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ ।

त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको । उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूसँग जोडिएको हुनाले तालिबानका लागि यो रणनैतिक महत्वको छ ।

युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेपछि अफगानिस्तानमा जारी उक्त हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसैबेला अमेरिकाले तालिबान विरुद्धको लडाइँ लगभग अन्त्य गरिसकेको छ भने उसले आफ्ना सेना फिर्ता बोलाइरहेको छ ।

अमेरिकाले २० वर्ष लामो सैन्य अभियान चलाएर पनि समाधान निकाल्न नसकेपछि अफगानिस्तान छाड्न थालेको हो । यसले गर्दा विद्रोही समूहको आत्मबल अझ बढेर हिंसा व्यापक रूपमा बढेको बताइन्छ ।

बिबिसीका अनुसार देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रण गरिसकेको तालिबानले पछिल्लो समय मुख्य सहरहरूलाई निशाना बनाइरहेको छ ।

उसको यो आक्रामक हमलासँगै स्थानीवासीमा त्रास बढेको छ । कुन्दुजका एकजना स्थानीयले एकदमै अस्तव्यस्त अवस्था आइपरेको बताए । लडाईं उत्कर्षमा पुगेसँगै यसै साल मात्र अफगानिस्तानबाट हजारौँ नागरिक विस्थापित भएको बताइएको छ । जसमा साना शिशु र बालबालिकाहरु समेत रहेका छन् ।

तर अफगान सरकारले भने पछिल्लो समय तालिबानले नियन्त्रणमा लिएका शहरहरु फिर्ता ल्याउन सरकारी फौजले कारबाही जारी राखेको बताएको छ । तापनि यो लडाई शान्तिवार्ताविना टुंगिन नसक्ने अन्तर्राष्ट्रिय समुदायको तर्क छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook