• होमपेज
  • टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार
अर्थ खबर

टाटा नेक्सन-ईभी नेपाली बजारमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको  नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण आरम्भ गरेको छ । यसको शुरुवाती मूल्य ३५ लाख ९९ हजार रहेको छ ।

टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ । यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६०हजार किलोमिटर (जुन पहिले आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको (जुन पहिले आउँछ ) वारेन्टी रहेको छ ।

विज्ञापन

इच्छुक ग्राहकहरुले १६६००१५५७७७ नम्बरमा कल गरी वा https://www.tatamotors.com.np/tata-nexon-ev/ मा आफ्नो नाम दर्ता गराई (लग ईन गरी) नेक्सन इभी बुकिङ्ग गर्न सकिनेछ ।

यस्ता ग्राहकहरुलाई गाडी विक्री गर्दा प्राथमिकताको सूचीमा राखिनेछ । कम्पनीको अनुसार बुकिङ गर्दा ग्राहकहरुले रु २५ हजार बराबरको रकम ( फिर्ता हुने ) बुझाउनु पर्दछ । नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरुमा अवलोकन तथा ‘टेस्ट ड्राइभ’ को लागि उपलब्ध रहेको छ ।

नेक्सन ईभी सार्वजनिक गर्दै टाटा मोटर्स् प्यासेन्जर भेहिकल्स इन्टरनेशनल विजनेस हेड मयाङ्क वाल्डीले भने, ‘अत्याधुनिक ग्रीन टेक्नोलोजी जिपट्रोन प्रविधियुक्त यस गाडीले ग्राहकहरुको अनुभवलाई नँया उचाईमा पुर्याउने छ । उत्कृष्ट बनावट र विशेषताका साथै सर्वोत्कृष्ट सुरक्षा, आकर्षक सेवा प्याकेज र पूर्ण डेडिकेटेड चार्जिङ सञ्जालको साथ नेक्सन इभी ग्राहकवर्गलाई एक पूर्ण पर्यावरणको प्रत्याभूति गर्दछ । यसले कम भन्दा कम खर्चमा धेरै भन्दा धेरै खुसी र सन्तुष्टि प्रदान गर्नेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ । हाम्रो ग्राहकको नेक्सन इभीसंगको अनुभव सुखद् र अविस्मरणीय रहोस भनि टाटा मोटर्सको तर्फबाट कामना ब्यक्त गर्दछु ।’

सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले  भने,’टाटा मोटर्ससँगको हाम्रो साझेदारी निरन्तर बलियोभन्दा बलियो भईरहेको छ, र नेपालमा नेक्सन इभीको विक्री वितरणको आरम्भ यस्तो सम्बन्धमा एक अर्को कोशेढुंगा हो । यस गाडीले नेपालमा इभीको प्रयोगलाई प्रभावकारी ढंगले प्रोत्साहन गरी नेपाली ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षालाई परिपूर्ति गर्नेछ । हामी नेपालको समग्र यातायात क्षेत्रको हरित र दिगो विकासको यात्रामा सहभागी हुन पाउँदा खुसी छौं र आउँदो दिनहरुमा नेपाली ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादन प्रदान गर्न पनि प्रतिवद्ध छौं ।’

सन् २०२० को जनवरीमा भारतमा विक्री वितरण सुरु भएको टाटा नेक्सनले छोटो अवधिमै त्यहाँको विद्युतीय सवारी साधनको बजारको ७६.८ प्रतिशत  (आव २०२१/२२ को पहिलो त्रैमासिक विवरण अनुसार ) हिस्सा ओगटेको छ ।

यसरी यो गाडीले भारतको  सबैभन्दा बढी विक्री हुने इलेक्टि्रक एसयूभीको रुपमा आफूलाई उभ्याउन सफल भएको कम्पनीले जनाएको छ । साथै ४५०० भन्दा बढी भारतीय परिवारले रुचाएको टाटा नेक्सनले १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले यो अहिलेसम्मको सबैभन्दा बढी पुरस्कारबाट सम्मानित हुने ईभी पनि हो ।

टाटा मोटर्स्ले नेपालमा इलेक्टि्रक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण “इको सिस्टम” विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्टि्रक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ्गको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।

लामो दुरीको लागि उपयुक्त र सुरक्षा सम्बन्धि अत्याधुनिक विशेषता भएको नेक्सन इभीको डिजाइन आकर्षक छ भने यसले जिप्पी पफर्मेन्स (छिटो गतिमा गुड्न सक्ने ) गर्दछ । साथै, यस गाडीको ब्याट्रीको आयु लामो हुनुको अतिरिक्त यसलाई आफ्नै घरमा बिना झन्झट अत्यन्त छोटो अवधिमै चार्ज गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook