• होमपेज
  • काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने
देश/प्रदेश

काठमाडौंमा थपियो निषेधाज्ञा, खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने

कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञालाई खुकुलो पारिने भएको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताइन्। “कोभिड-१९ संक्रमण कम नभएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको हो,” घिमिरेले भनिन्।

निर्णय अनुसार ७ असारसम्म निषेधाज्ञा लम्बिएकाे छ। अब खाद्यान्न र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

विज्ञापन

यसअघि खाद्यान्न पसल बिहान १० बजेसम्म खोल्न दिइएको थियो। पुस्तक पसल भने खोल्न दिइएको थिएन।

त्यस्तै, सहकारी संस्था र आईएमई पनि सातामा दुई दिन खोल्न दिने प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका छन्। विकास निर्माणका काम पनि गर्न पाइने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै